Mr. Ganga Ram Kandel

Chairman

Rastriya Beema Sansthan

राष्ट्रिय बीमा संस्थान (Rastriya Beema Sansthan) परिचय देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्न नेपाली सरकारले गरेको निर्णय अनुरूप २०२४ पौष १ गते प्राइभेट कम्पनीको रूपमा स्थापना भई राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थानको रूपमा २०२५ साल पौष १ गते परिणत भएको हो । यस संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरूप नै कार्य गर्न र उच्च प्रतिफल दिन सफल भएको छ । संस्थानले नेपाली बीमा बजारमा दक्ष जनशक्ति फिँजाएको छ । राष्ट्रिय बीमा संस्थान नेपाली जीवन संरक्षण गर्न एक सुनिश्चित भविष्यको पर्याय बनेको छ । संक्षिप्त जानकारी स्थापनाः पौष १, २०२४ मा प्राइभेट कम्पनीको रूपमा स्थापना भई पौष १, २०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अनुसार संस्थानको रूपमा परिणत । दुरदृष्टि (Vision) : विश्वसनीय र पहिलो रोजाईको बीमा प्रदायकको रुपमा स्थापित हुने । ध्येय (Mission) : बीमाको माध्यमबाट देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने । उद्देश्य (Objectives) : बीमाको वारेमा सचेतना फैलाउने । बीमाको पहुँचमा बृद्धि गर्दै व्यवसायमा विस्तार गर्ने । सरल र सुलभ सेवा उपलब्ध गराउने । प्रविधिको उच्चतम प्रयोगवाट बीमा वजारमा संस्थाप्रति रहेको विश्वास अभिबृद्धि गर्ने । कारोबार सुरू फाल्गुण ११, २०२४ बाट निर्जीवन बीमा तथा फाल्गुण ७, २०२९ बाट जीवन बीमा व्यवसायको कारोबार सुरू । CONTACT NO. +977-01-4262520 EMAIL info@beema.com.np ADDRESS Ramshahpath, Kathmandu

Total Branch : 0

Contact : 4262520

Email : rbeema@gmail.com

Website: https://beema.com.np