Multipurpose Finance Co. Ltd

नेपालका वित्तीय प्रणालीका २०४० को दशक देखि उदार नीति अबलम्बन गरिए पश्चात वित्तीय प्रणालीमा आवश्यक महशुस २०४२ सालमा वित्तीय कम्पनी ऐन तर्जुमा भई २०४२/६/२३ देखी लागू भएको तापनी २०४८ सालमा देशले उदार, खुला तथा बजारमुखी अर्थतन्त्रको नीति अवलम्बन गरे पश्चात मात्र निजी क्षेत्रबाट वित्तिय कम्पनी स्थापनी गर्ने लहर आएको हो । यस क्रममा २०४९ साल देखि २०५५ साल आश्विन सम्ममा ४४ वटा वित्तिय कम्पनीहरु देशमा स्थापना भएका छन् । जस मध्ये ४३ औं क्रममा स्थापना भएको वित्त कम्पनी मल्टीपर्पस फाइनेन्स कम्पनी लिमिटेड हो । हाल यस कम्पनीमा १७ जना प्रामोटर्स ५ जना संचालक र ११ जना अधिकृत एवं सहायक स्तरका कर्मचारीहरु कार्यरत छन भने यहि आउँदो आ.व. देखि इनडोर र आउटडोर गरी ५० जनासहायक स्तरका कर्मचारी वहाल गर्नेलक्ष्य रखेको छ । हालसम्म कम्पनीले हजारौं जिल्ला बासीहरुलाई सेवा प्रदान गरी वित्तीय स्तर माथी उचाल्न एवं स्वरोजगारलाई टेवा पु¥याउनेकार्य सफलता पूर्वक सञ्चालन गर्दै आएको छ । हाल यस कम्पनीले छिटो छरितो एवं शुलभ एवं शुलभ दर भाउमा आवधिक, व्यापारी, कृषी, औद्योगिक, जलश्रोत, व्यत्तिगत आवशिय तथा हायर पर्चेज जस्ता शिर्षक अन्तरगत शुलभ कर्जा लगानी गर्दै घर दैलोबाट समेत ऋण संकलन गर्ने व्यवस्था गरेको छ । वर्तमानमा ८० करोड अधिकृत पूँजी भएका यस कम्पनीले विद्यमान आर्थिक मन्दीको बाबजुद लगातार नाफा आर्जन गर्नमा सफलता प्राप्त गरेको छ । संस्थाको हालको जारी पूँजी ४० करोड पुर्याउने छ । संस्थाको उद्देश्य : यस वित्तीय संस्थाको मूख्य उद्धेश्य देशभरी छरिएर रहेका निस्कृय एवं न्युा पूँजी निक्षेपकर्ता कै घर दैलोबाट आफ्नो विभिन्न प्रकारका वित्तीय उपकरणहरुको माध्यमले संकलन गरी सो पूँजीलाई कृयाशिल बनाउँदै संस्थागत रुपमा लगानी गर्नु हो । संस्थाका अन्य उद्देश्य निम्न बमोजिम रहेको छ : क) वित्तीय संस्थाको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्बद्र्धन गर्दैस्वस्थ्य प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय मध्यस्थता सम्बन्धी सेवा उपलब्ध गराउने, ख) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रुपले सम्भाब्य देखिएको उत्पादनशील ब्यवसाउको स्थापना, विकास , विस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधान आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रका विकासमा गतिशिलता ल्याउन सहयोग पु¥याउने, ग) उपलब्ध शीप, श्रम ताथ पुजीलाई उचित रुपमा परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एव्म रोजजारीमूलक ब्यवसायका स्थापना, सञ्चालन, विकास, विस्तार एवम् प्रबर्धन गर्न र सो कार्यको लागि आवश्यक बित्तीय साधन, प्राविधिक तथा ब्यवस्थापिक परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरीबी निवारणको लागि सक्रिय रुपमा सलग्न भई सहयोग पु¥याउने, घ) वित्तीय सेवामा जोखिम कम गर्दै वित्तीय क्षेत्रको उदारीकरणमा मद्धत पु¥याउने र देशको अर्थतन्त्रलाई सबल तथा सुदृढ बनाउन सहयोग पु¥याउने, ङ) देशको समग्र वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पु¥याउने हाम्रा सेवाहरु : १. आकर्षक ब्याज दरमा दैनिक, मासिक, त्रैमासिक आवधिक निक्षेपको साथै थरीथरीका बचत एवं मुद्धति खाता मार्फत निक्षप संकलन गर्ने २. विपन्न वर्ग, कृषी व्यपारी जस्ता विभिन्न शिर्षक अन्तर्गत शुलभ एवं सस्तो दरमा ऋण उपलब्ध गराउने ३. स्वदेश तथा विवदेशका विभिन्न स्थानहरुबाट पठाएको रकम भुक्तानी दिनेतथा मुल्कका विभिन्न स्थानमा रकम पठाउन सहयोग गरिनेहाम्रो विशिष्ट सेवाहरु : १. शिक्षित, जेहेनदार एवं बेरोजगार युवा एवं युवतीलाई भरपर्दो व्यापार वा घरेलु उद्योगकोलागि आवश्यक सरसल्लह, सम्भाव्यता एवं बजार प्रवधनको लागि उचित सहयोग दिई स्थिर एवं निस्कृय पुँजीलाई संकलन गरी सक्रिय पुँजीमा परिर्वतन गरी दिने । २. बचतको वानिमा टेवा पुर्याई न्यून एवं चालु पूँजीको समेत व्यवस्ता मिलाई दिने । ३. आर्थिक संरक्षण सम्बन्धी उचित सरसल्लाह दिने । ४. गरिवीमुनि रहेको सर्वसाधारण जनताको जीवनस्तर माथि उकास्नको लागि सम्बन्धित निकायसँग सम्पर्क गरी विशिष्ट योजना परिचालन गर्नको लागि आवश्यक योगदान दिने । अन्य वित्तिय सेवाहरु १. वित्तिय एवं व्यवस्थापकिय सल्लाहकार भई सेवा प्रदान गर्ने । २. कर्मठ, जेहेन्दार एवं इच्छुक युवा युवातीहरुलाई बेरोजगारीबाटमुक्त हुन एवं रोजगारको मार्ग प्रशस्त गर्न आवश्यक सर सल्लाह एवं सहयोग प्रदान गर्ने । ३. नवीन किसिमको वित्तिय उपकरणहरुको श्रृजना गरि जन समक्ष ल्याउने । निक्षेप संकलन सम्बन्धि वर्तमान कार्यक्रमहरुः १. सर्व साधारणको बचत गर्ने बानीलाई टेवा पु¥याउने उद्देशले आकर्षक भरपर्दो एवं उत्पादन शिल वित्तीय उपकरणको श्रृजनागरी जन समक्ष ल्याउने । २. निक्षेपकर्ताको असुविधा एवं समयको बचत गर्नका लागि घर दैलोसम्म सेवा पु¥याई निक्षेप संकलन गर्ने । ३. निक्षेप कर्ताले यस कम्पनीमा जम्मा गरेको रकमको जानकारी सरकोकारवाला वाहेक अरुलाई जानकारी गराइने छैन जानकारी गराएको प्रमाण प्रस्तुत गरेमा हामी हर्जना समेत वेहोेर्ने छौं । ४. आकर्षक प्रतिफल हामीलाई निक्षेपकर्ताले जम्मा गरेको रकम परिपक्क भएको तिन दिन भित्र भुक्तानी दिइने छ । ५. भुक्तानीको विश्वासनियता निक्षेपकर्ताले जम्मा गरेको रकम परिपक्क भएको तिन दिन भित्र भक्तानी दिइने छ । ६. कथमकदाचित यस कम्पनीको कारणले गर्दा निक्षेपाको भुक्तानी ढिलोहुन गएमा ढिलो भए जनि दिनको कम्पनीले हर्जाना ब्याज समेत बेहोर्ने छ । ७. परिपक्ता रकम फिर्ता लिनमा कुनै किसिमको डिलासुस्ती, झंझट भएमा कम्पनी संचालक समितिको अध्यक्ष शिकायत गर्न सकिनेछ । ऋण लगानी सम्बन्धी कार्य प्रणाली एवं विनियमहरुः १. यस कम्पनीमा खाता खोलेको ३ महिना पछि आवश्यकता परे पछि ऋणको लागि निवेदन दिन सकिने छ । २. निवेदन दिंदा कम्पनीले तोकेको ढाँचामा सम्पूर्ण रित पु¥याई निवेदन दिनु पर्ने छ । ३. निक्षेपकर्ताले ऋणको लागि निवेदन दिदा अनिवार्य रुपमा खातानं एवं खाताको परिकार एवं खाताको परिकार एवं ऋणको प्रयोजन उल्लेख गर्न पर्ने छ । ४. ऋणको लागि निवेदन दिदा बाटो खुलेको एकल स्वामित्वको घर जग्गा धितोको लागि पेश गर्नुपर्ने छ । ५. रत नपुगको निवेदन कम्पनीको दर्ता हुने छैन । ६. रु १००,००० भन्दा माथिको ऋण माग गर्न अनिवार्य रुपले परियोजना विश्लेषण एवं ३ वर्ष वितिय प्रक्षेपन उल्लेख गर्न पर्ने छ । ७. मुद्दती विरुद्ध कर्जा लिन चाहेमा आफुले प्राप्त गरेको मुद्दती रसिद र नागरिकताको छायाचित्र समेत संलग्न गरी निवेदन दिनुपर्ने छ । कम्पनीले ऋण लगानी गर्दा अपनाइने नितीहरु : १. कम्पनीले दर्ता भएको ऋण भएको ऋण निवेदनको वरिया क्रममा ऋण जारी गर्ने छ । २. कम्पनीले प्रत्येक साताको विहिवारका दिनमात्र ऋण नामावाली प्रकाशन गर्ने छ । ३. प्रकाशित नामावलीमा परेका व्यक्तिहरुले शुक्रबारको दिन कार्यालय समय भित्र सम्पर्क गरीसक्नुपर्ने छ । ४. यस सम्बन्धी बाँकी प्रकृयाको ऋण विनियमावली बमोजिम हुनेछ । ऋण लगानी सिमा १. कम्पनीलाई निक्षेपकर्ताको खाता हेरी निजले बुझाउने किस्ता रकमलाई दैनिकमा परिवर्तित गरी प्रति एक रुपैयाँ रु १० हजाराको दरले ऋण सिमा निर्धारित गर्ने छ । २. माथि जेसुकै लेखेको भए पनि कम्पनीले सामान्यतया एक जनालाईअधिकतम रु ५०,००,००० सम्मको ऋण मात्र लगानी गर्ने छ । ३. माथि उल्लेखित सिमा भन्दा बढी ऋण लिनुपरेमा आवश्यक कारण देखाई विस्तृत परियोग विश्लेषण प्रस्तुत गरी कम्पनीको संचालक समिति समक्ष प्रस्तावित गर्नपर्ने छ । संचालक समितिले मञ्जुरी गरेको सिमा सम्मको रकम कम्पनीले ऋण जारी गर्न सक्ने छ । ऋण भुक्तानी सम्बन्धी नीतिहरुः १. हायर परचेज, व्यापारी, स्वास्थ्य तथा अवासिय ऋणको भुक्तानी अनिवार्य रुपले किस्ताबन्दीमा गर्न पर्ने छ । २. दफा १ बाहेक कर्जाको ब्याज अनिवार्य रुपले मासिक तथा साँवा ऋणको स्वेच्छानुसारको किस्ताबन्दीमा भूक्तानीको गर्न पर्ने छ । ३. भुक्तानी सम्बन्धी कम्पनीसँग भएको सम्झौता बमोमि भुक्तानीअनिवार्य रुपले किस्ताबन्द्यीमा भुक्तानी गर्न पर्ने छ । ३. भुक्तानी सम्बन्धी कम्पनी भएको सम्झौता बमोजिम भूक्तानी नगरी ढिलो गरेमा वा आलटाल गरी बसेमा ढिलो गरे जनि दिनको तोकिएको बमोजिमको दरले हर्जाना लाग्ने छ । ४. कम्पनीले प्रदान गरेको ऋणको म्याद भित्र आफुले लिएको ऋणको सम्पूर्ण सावा ब्याज बुझाई सक्नु पर्ने छ । ५. माथिको दफा ४ बमोजिमको म्याद भित्र ऋण चुक्तागरेमा प्रति तिमाही २ प्रतिशतको दरले हर्जाना ब्याज बेहोर्न पर्ने छ । ६. माथिको ४ बमोजिमको अन्तिम हर्जाना ३० प्रतिशतसम्म अवधि १ वर्ष सम्मको हुनेछ । ७. माथिको दफा ६ बमोजिमको म्याद भित्र पनि ऋण चुक्ता नगरेमाकम्पनीले जुनसुकै बखत आफ्नो सम्पूर्ण लेना रकम निजको धितो निलाम गरी असुल उपर गरी लिने छ । लगानी सम्बन्ध् हाम्रा कार्यक्रमहरुः यस संस्थाले मुख्यतः २ किसिमको कार्यक्रम संचालन गरेको छ । १. नेपाल सरकारको डिवेन्चर, बचत पत्र, अण स्टक तथा ने.रा बैंकको डिवेन्चर, बचत पत्र साथै अर्को रजिष्टर्ड कम्पनीको शेयर, विन्चर, बचतपत्र आदि खरीद बिक्री गर्नमा । २. मान्यता प्राप्त संस्थानको शेयरव एवं डिवेन्चर खरिद बिक्रिमा ऋण कर्जा सापट लगानी कार्यक्रमहरुःहाल यस कम्पनीले तलका शिर्षकहरु अन्तर्गत ऋण प्रदान गर्दै आइरहेको छ । कर्जा प्रदान गरिने शिर्षकहरु : १. आवधिक कर्जा (क) औधिक कर्जा : साना सना घरेलुउद्योगहरु स्थापना गर्न वा संचालन गर्न को लागि स्थिर पुँजी वा चालु पुँजी कर्जा । (ख) व्यापारिक कर्जा : व्यापार स्थापना गर्नको लागि दिइने प्रारम्भिक वा चालु पुँजी कर्जा । (ग) कृषि उत्पादन तथा कृषि जन्य व्यवसाय कर्जा : तरकारी खेती, नगदेवाली, गाई पालन, मत्यस पालन, कुखुरा पालन, अनाज उत्पादन तथा सो सम्बन्धी व्यवसाय आदिको लागि आवश्यक ऋण । २. आवसिय कर्जा : व्यक्तिगत तथा संस्थागत घरघडेरी खरिद, घर निर्माण, गोदाम निर्माण आदिको लागि । ३. मुद्दति रसिद विरुद्धको कर्जा : आफुले जम्मा गरेको मुद्दती खाताको मौज्दातको ८० प्रतिशतसम्म लिन सकिने कर्जा । ४. हायर परचेज कर्जाः मोटर साईकल, टि.भी फ्रिज आदि जस्ता टिकाउ घरायशी समान खरिद गर्नको लागि लिन सकिने ऋण । ५. ब्यक्तिगत कर्जा सम्बन्धित लेखहरु # बार्षिक साधारण सभा २०७५ वित्तीय विवरण 4 months ago # बार्षिक साधारण सभा २०७५ वित्तीय विवरण 4 months ago # बार्षिक साधारण सभा २०७५ वित्तीय विवरण 4 months ago #

Total Branch : 0

Contact : 31521170

Email : info@multipurposefinance.com

Website: multipurposefinance.com