Rastriya Beema Samsthan

देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यावसायिक बीमा कम्पनी स्थापना गर्न नेपाल सरकारको निर्णय अनुरुप २०२४ पौष १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भई राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तरगत संस्थानको रुपमा २०२५ साल पौष १ गते परिणत भएको हो । यस संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरुप नै कार्य गर्न र उच्च प्रतिफल दिन सफल भएको छ । संक्षिप्त जानकारीः स्थापनाः पौष १, २०२४ मा प्राइभेट कम्पनीको रुपमा स्थापना भई पौष १, २०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अनुसार संस्थानमा परिणत । उद्देश्यः देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्नु तथा विदेशी मुद्राको व्ययभार रोक्नु । कारोबार सुरुः फाल्गुण ११, २०२४ बाट निर्जीवन बीमा तथा फाल्गुण ७, २०२९ बाट जीवन बीमा व्यवसायको कारोबार शुरु । जीवन बीमाः मानिसको जीवन अमुल्य हुन्छ र त्यसलाई तौलन सकिँदैन ।तर मानिसको आकस्मिक अशक्तता वा मृत्युले उसको परिवारलाई विचल्ली पार्न सक्दछ ।परिवारको कमाउने सदस्यको मृत्यु भएमा निजको आश्रित परिवारलाई जीवन धान्न सहज बनाउने काममा जीवन बीमाले सहयोग गर्दछ । जीवनमा कमाउने उमेर सधैँ रहदैँन । त्यसैले कमाउन सक्ने उमेरमा कमाएको रकममध्ये केही रकम बचत गरी जीवन बीमा गर्दा बृद्धावस्थामा जीवन सहज बनाउन अतिरिक्त आड भरोसा दिन्छ।त्यस्तै बालबच्चाको भविष्यको लागि जीवन बीमा महत्वपूर्ण हुनसक्छ । कर्मचारीले आफू काम गर्ने संस्थाबाट कर्जा प्राप्त गर्दा पनि कर्जाको सुरक्षण बापत जीवन बीमा गरेर भविष्यका लागि निश्चिन्त हुन सकिन्छ । जीवन बीमा गर्दा आफ्नो आम्दानीमा लाग्ने करमा रु.२५,०००। सम्मको तिरिएको बीमाशुल्कमा आयकर छुट पाइन्छ ।

Total Branch : 0

Contact : 01-4262520

Email : beema@wlink.com.np

Website: http://beema.com.np/en/