Mithila Laghu Bitta Bittiya Sanstha Ltd

मुख कार्यकारी अधिकृतको भनाई सन् १९७० को दशकमा बंगालादेश वाट सुरु भएको लघुवित्त कार्यक्रम गरिवी निवारणको एक उपयुक्त माध्यम मानिन्छ । यस कार्यक्रमले न्युन आय भएका विपन्न तथा गरिव वर्गका मानिसहरुलाई घरदैलोमा नै वित्तिय सेवा दिई उनिहरुको आर्थिक तथा सामाजिक जीवन स्तर बृद्धि गर्न प्रभावकारी भुमिका निर्वाह गर्दै आएको छ । नेपालको सन्दर्भमा पनि यस्तो कार्यक्रमलाई गरिवी निवारणको प्रभावकारी साधनको रुपमा लिईन्छ । यस मिथिला लघुवित्त विकास बैंक लि. ले देशका विभिन्न भागमा रहेका विपन्न तथा गरिव परिवारलाई लघुवित्त सेवा पु¥याई उनीहरुको आर्थिक तथा समाजिक जिवन स्तरमा बृद्धि गरि स्वावलम्वी तथा स्वाभिमानी वन्न विशेष भुमिका निर्वाह गर्ने उद्देश्यले विगत ६ बर्ष देखि विभिन्न दश जिल्लामा सेवा पुयाउँदै आएको छ । स्थानीय स्तरमा वित्तीय पहुंच भन्दा टाढा रहेका विपन्न वर्गका महिलाहरुलाई लक्षित गरि उनिहरुको शिप, व्यवसायिक क्षमता अनुसार आर्थिक तथा सामाजिक स्तरोन्नतीको लागि सामुहिक जमानीमा लघु कर्जा उपलव्ध गराउँदै आएको छ भने अर्कोतिर बचत गर्ने बानीको विकास गरि उनीहरुवाट स–सानो रकम बचत गराउर्दै आएको छ । यस बैंकले आफ्नो स्वीकृत कार्यक्षेत्र भित्रको सम्भव भए सम्म ग्रामीण भेगका बढि भन्दा बढि लक्षित घर परिवारहरुलाई लघुवित्त सेवा पुर्याउने उदेश्यले कार्यक्रम विस्तार गर्दै लगेको छ । कार्यक्रम विस्तार संगै कार्यक्रमको प्रभावकारी संचालनमा पनि ध्यान पुर्याउदै आएको छ । बैंकले नाफा मात्र लाई प्राथमिकता नदिई कार्यक्रममा समाबेश सदस्यहरुको समेत आर्थिक उन्नतीका लागि निरन्तर रुपमा योगदान दिंदै आएको छ । बैंकले हाल दिईरहेको सेवालाई अझ परिमार्जित र परिष्कृत गर्दै थप समसामयिक सेवाहरु उपलब्ध गराई लक्षित वर्गलाई लाभान्वित बनाउने लक्ष्य लिएको छ ।यस बैंकलाई नेपालको लघुवित्त क्षेत्रमा स्थापित रुपमा अघि बढाउनको लागि प्रतिबद्ध संचालक समिति, संस्थाले लिएको लक्ष्य प्राप्तीका लागि अहम योगदान पुर्याउन कर्मचारी एवं पथ प्रदर्शक नियमक निकायहरु तथा बैंक प्रति अपनत्व जनाई सेवा गर्न अवसर दिनुहुने सम्पुर्ण ग्राहक सदस्य महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहान्छु । साथै भविष्यमा पनि बैंकले आफ्ना ग्राहक सदस्यहरुको आवश्यकता बुझि सोही अनुसारको सेवा प्रदान गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दछु । . धन्यवाद । – सत्य देव राउत

Total Branch : 0

Contact : 560210

Email : info@mlbbank.com.np

Website: http://mlbbank.com.np