Summit Microfinance Development Bank Ltd

१. संस्थाको छोटो परिचय समीट लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक कम्पनीको रुपमा २०६५ मंसिर २९ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०६६ जेष्ठ ६ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त १५ जिल्ला कार्य क्षेत्र भएको “घ” वर्गको लघुवित्तीय संस्था हो । विपन्न तथा गरिव महिला दिदि बहिनीहरुलाई संगठित गरेर नेपाल राष्ट्र वैंकको निर्देशन भित्र रही विनाधितो सामुहिक जमानतमा वा धितोमा लघुकर्जा प्रदान गरी उनिहरुको व्यापार व्यवसाय, उद्यम संचालनमा टेवा पुर्याउर्दै रोजगारीका अवसरहरु सृजना गरेर उनिहरुको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सहयोग पुर्याउने मुख्य उद्देश्यले उद्योगपति,ब्यापारी, प्राध्यापक, वुद्धिजिवी र वित्तिय क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरुको संलग्नतामा स्थापना भएको यस संस्थाले स्थापनाकालको छोटो समयावधीमा विपन्न वर्गका महिलाहरुलाई वित्तीय सेवा प्रदान गर्दै उनीहरुको श्रम, सीप र क्षमताका आधारमा व्यवसायी तथा साना उद्यमी वन्न प्रोत्साहन गरेर आय आर्जन गर्ने कार्यमा सहभागी गराउँदै आर्थिक तथा सामाजिक स्तर उकास्न टेवा पुर्याउदै आएको छ । आगामी दिनमा वित्तीय सेवाबाट बन्चित गरिव तथा विपन्न वर्गलाई अझ संगठित गर्दै उनिहरुलाई ब्यवसायि र आत्मनिर्भर वनाउन आफ्नो सेवालाई विस्तार गर्दै लैजाने वैंकको नीति तथा योजना रहेको छ । २. संस्थाको आवश्यकता वैंक तथा वित्तीय संस्थाहरुको पहुँचबाट वञ्चित भएका आफ्नो सिप र क्षमतालाई प्रयोग गर्ने अवसर नपाएका गरिव तथा विपन्न वर्गका महिलाहरुलाई समुहमा संगठित गर्दै वित्तीय सेवा प्रदान गरी स्वरोजगारका अवसरहरु सृजना गरेर उनिहरुलाई आत्मनिर्भर वनाई पछौटेपन, निरक्षरता र गरिवीपनलाई न्यूनिकरण गर्ने कार्यमा सहयोग पुर्याउँदै दिगो लघुवित्तीय सेवा पुर्याउन र नेपालको पूर्वी क्षेत्रमा लघु वित्तीय सेवाको विस्तारका लागि यस संस्थाको आवश्यकता महसुस गरिएको हो । ३. संस्थाको परिकल्पना “गरिवी न्यूनिकरणमा सहयोगी र स्वावलम्वी समाज निर्माणमा जोड” ४. संस्थाको ध्येय विपन्न वर्गलाई संगठित गर्दै दिगो लघुवित्तीय सेवाको माध्यमबाट उनिहरुको आर्थिक तथा सामाजिक अवस्थालाई माथि उठाउने । ५. वित्तीय सेवा पुर्याउने समुदाय यस संस्थाको परिकल्पना र ध्येय अनुसार नै संस्थाले आर्थिक रुपमा गरिव तथा विपन्न, सामाजिक हिसावले पछि परेका, स–साना व्यपार व्यवसाय गरेर आर्थिक उन्नती गर्न इच्छुक महिलाहरु नै वित्तीय सेवा पुर्याउने समुदाय हुन । ६. संस्थाको कार्यक्रम संस्थाले सेवाग्राहीहरुको घर दैलोमा गएर उनिहरुको आवश्यकतालाई पहिचान गरी व्यापार व्यवसाय संचालन गर्न, साना तथा घरेलु उद्योग संचालन गर्न, लघु कर्जा प्रवाह गर्ने र उनिहरुमा वचत गर्ने वानिको विकास गरी सानो सानो वचत संकलन गर्ने, चेतनामुलक कार्यक्रमहरुको माध्यमबाट सदस्यहरुलाई व्यवसाय तर्फ उन्मुख गराउने कार्यक्रम संचालन गर्दै आएको छ । क.वचतका प्रकारहरुः १ . ब्यक्तिगत बचत २. समूह बचत ३. केन्द्र कोष बचत ४. उपकार कोष बचत ५. शैक्षिक बाल बचत ६. पेन्सन बचत ७. पर्व वचत ८. विशेष पेन्सन वचत ख.कर्जाका प्रकारहरूः १. साधारण कर्जा २. व्यवसायिक कर्जा ३. पशुपालन कर्जा ४. साैर्य उर्जा तथा गोवरग्याँस कर्जा ५. व्यत्तिगत कर्जा ६. शैक्षिक कर्जा ७. बैदेशिक रोजगार कर्जा ८. परियोजना कर्जा ९. अनुशासन कर्जा १०. मौसमी कर्जा ११. उपभोक्ता कर्जा १२. आपतकालिन कर्जा १३. आवास कर्जा १४. समीट फास्ट ट्रयाक कर्जा १५. कृषि कर्जा १६. विशेष कृषि कर्जा ७. सेवाग्राही सदस्य राहत कार्यक्रम संस्थाका सेवाग्राही सदस्यहरु तथा एकाघर परिवारका सदस्यहरुलाई विभिन्न प्रकारका राहत सुबिधाहरु प्रदान गरिन्छ । सेवाग्राही सदस्य तथा निजको श्रीमान र निजहरुको छोराछोरीहरु दुर्घटनामा परि हात खुट्टा भाँचिएमा, निजका परिवार मध्ये कुनै एक सदस्यलाई उपचार वापत आर्थिक सहयोग प्रदान गरिन्छ । दुई वटासम्म बच्चा जन्माउने सदस्यलाई सुत्केरी खर्च उपलब्ध गराइन्छ । सदस्य स्वयम वा निजको श्रीमानको मृत्यु भएमा काजक्रिया खर्च वापत आर्थिक सहयोग उपलब्ध गराइन्छ । ८. व्याजदर यस संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई स–साना वचतहरु गर्न प्रेरित गर्दै घर दैलोमा गएर विभिन्न शिर्षकहरुमा वचत संकलन गर्ने र सदस्यहरुको घर दैलोमा गएर उनिहरुलाई साना तिना व्यापार व्यवसाय गर्न कर्जा लगानी गर्नु पर्ने भएकाले वैंकको संचालन लागत र सेवालाई मध्यनजर गरी विद्यमान वजारको अवस्था अनुसार सदस्यहरुलाई निक्षेपमा प्रदान गर्ने र कर्जामा लिने व्याज निर्धारण गर्ने गरेको छ । वर्तमान अवस्थामा वचतमा ७ प्रतिशत देखि १० प्रतिशत व्याज प्रदान गरिन्छ भने कर्जामा १६ प्रतिशत देखि १९ प्रतिशत सम्म व्याज लिने गरिएको छ । ९. संस्थाको वर्तमान अवस्था वैंकले लघुवित्तीय कारोवार संचालन गर्नका लागि नेपाल राष्ट्र बैंकबाट दश वटा जिल्लाहरु क्रमश : झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, सुनसरी, धनकुटा, सप्तरी, सिराहा , उदयपुर, तेह्रथुम,संखुवासभा,भोजपुर,खोटाङ्ग र ओखलढुङ्गाको इजाजत लिएकोमा हाल दशवटा जिल्लामा ४१ वटा शाखा कार्यालयहरु मार्फत आफ्नो कारोवार संचालन गर्दै आएको छ । भविष्यमा क्रमशः कारोवार विस्तार गर्दै जाने संस्थाको लक्ष्य रहेको छ ।

Total Branch : 0

Contact : 977023544420

Email : info@summitbank.com.np

Website: https://www.summitbank.com.np