बैंकले १५ दिन खर्च सहितको आन्तरिक भ्रमण प्याकेज ल्याउँदै

May Sat 2020 11:18:54

643 views

बैंकले १५ दिन खर्च सहितको आन्तरिक भ्रमण प्याकेज ल्याउँदै

काठमाडौं ।  पर्यटन प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले  कर्मचारीलाई १५ दिन विदा दिएर घुम्न पठाउने योजना ल्याउने भएको छ । बैंकले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने सरकारको उद्देश्य अनुरुप यस्तो अनिवार्य व्यवस्था गर्न लागेको हो ।   राष्ट्र बैंकमा कार्यरत कर्मचारीले वर्षमा १५ दिन स्वदेश भ्रमणका लागि विदा पाउने राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।

राष्ट्र बैंकले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तयार पार्न लागेको मोडालिटीमा अहिले १५ दिनको घुम्ने प्रस्ताव पेश गरिएपनि पछि समयावधि भने थपघट हुन सक्ने स्रोतले बतायो ।

कर्मचारीे परिवारले भ्रमणका बेला खर्च गरेको बिलको आधारमा भुक्तानी गरिने छ । यसका लागि कर्मचारी आफूले प्रयोग गरेको सवारी साधन (गाडी वा हवाइजहाज) को टिकट र होटलमा बसेको तथा अन्य खर्चको बिलहरू पेश गर्नुपर्ने छ ।

स्वदेशमा भ्रमण गर्नको लागि एउटा परिवारलाई कति खर्च चाहिन्छ सोही अनुसार खर्चको व्यवस्था गर्ने मोडालिटी बन्दैछ ।