सेञ्चुरी बैंकको नाफा साढे ९१ करोड

May Sun 2020 06:56:20

555 views

सेञ्चुरी बैंकको नाफा साढे ९१ करोड

काठमाडौं । सेञ्चुरी बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेञ्चुरी बैंकको वितरण योग्य नाफा ९१ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा करिब ५० प्रतिशत बढी भएको हो ।

बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा ४५ प्रतिशतले बढेर १ अर्ब २६ करोड ९२ लाख पुगेको छ ।

बैंकको चुक्ता पूँजी रू.८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रहेको छ भने जगेडा कोषमा रू. १ अर्ब ७९ करोड ९१ लाख भन्दा बढी कायम भएको छ । जगेडा कोष रकम ७८ दशमलव ३७ प्रतिशत बढी कायम भएको छ ।

हाल यस वर्ष बैंकले ५८ अर्ब ७७ करोड ४५ लाख ८१ हजार निक्षेप संकलन गरेको छ भने ५८ अर्ब १० करोड ९५ लाख ६० हजार कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको निक्षेप २ दशमलव ४९ प्रतिशत कम भएको छ भने १ दशमलव ७८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ ।