प्रोग्रेशिभ फाइनान्सको कर्जा ब्याजदरमा २ प्रतिशतसम्म छूट

Jun Sun 2020 12:41:37

533 views

प्रोग्रेशिभ फाइनान्सको कर्जा ब्याजदरमा २ प्रतिशतसम्म छूट

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कर्जा सुविधा उपभोग गरिरहेका आफ्ना सम्पूर्ण ग्राहकहरुलाई २०७७ आषाढ मसान्तसम्मको कर्जाको ब्याज दरमा २ प्रतिशतसम्म छूट दिएको छ । कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्रमा देखिएको मन्दी तथा नेपालमा समेत यसको असरबाट देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई केही राहत होस भन्ने उद्देश्यले सम्पूर्ण कर्जाको ब्याज दरमा २ प्रतिशतले छूट दिइएको हो ।

 प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले वित्तीय संस्थाको यस कदमले देशको अर्थतन्त्र कमजोर रहेको अवस्थामा केही योगदान पु¥याउने प्रयास गरेको र आगामी दिनमा अझ उत्तरदायी भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।