सनराइज बैंकद्वारा श्वेताश्री फाउन्डेशनलाई ५ लाख सहयोग

Jul Fri 2020 11:01:14

728 views

सनराइज बैंकद्वारा श्वेताश्री फाउन्डेशनलाई ५ लाख सहयोग

सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्प पीडित माझीहरूलाई एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउन्डेशनलाई रु ५ लाख सहयोग गरेको छ । 

शुक्रबार एक कार्यक्रमकाबीच बैंकका प्रमुखकार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउन्डेशनलाई चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायीत्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९ को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरू गरिरहने जनाएका छन् ।नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सन्राइज बैंकप्रति कृतज्ञता जनाइन् ।

सो फाउन्डेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ को १५ फाल्गुनदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरू निमार्ण गर्दै आएको छ ।