एनएमबि बैंक (NMB) ले असार २६ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचत खातामा अधिकतम ५.५० प्रतिशत मात्र ब्याज प्रदान गर्ने भएको छ। २० प्रकारका बचत खातामा ५.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।
बैंकले रिकरिङ्ग बचत खातामा पनि ५.५० प्रतिशत र एनएमबि मेरो क्रमिक खातामा ८.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ। बचत खाताहरुको न्युनतम मौज्दात खाता हेरि शुन्यदेखि अधिकतम ५० हजार रुपैयाँसम्म रहेको छ।
बैंकले विदेशी मुद्राको खातामा ०.२५ देखि २ प्रतिशतसम्म र गैरआवासीय नेपालीहरुका लागि २ वर्षभन्दा माथिको बचतमा २.४५ देखि ५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ।
तीन महिना माथिको ब्यक्तिगत मुद्दती बचत खातामा ८.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले संस्थागत मुद्दती बचत खातामा ७ प्रतिशत र नवीकरण हुने मुद्दती बचत खातामा ०.१० प्रतिशत थप ब्याजदर प्रदान गर्ने जनाएको छ।
बैंकले कर्जामा प्रदान गर्ने ब्याजदरहरुमा आधार ब्याजदरमा २ देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिने जनाएको छ। बैंकले १० वर्षे रुफटफ सोलार लोनमा ९.९९ देखि ११.९९ प्रतिशत र पाँच वर्ष अवधिको एनएमबि फिक्सरेट होम लोनमा ११ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा प्रवाह हुने जनाएको छ।
