Jul Tue 2020 04:28:27
काठमाडौं, ६ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष वेतबहादुर लावतीले संयुक्त रूपमा संघको झण्डोत्तोलन गरेका थिए ।
संघको वािर्षकोत्सवको अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षरोपण गरेका छन् । त्यस्तै शाखा कार्यालय दरबारमार्ग परिसरमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दीनेश न्यौपानेले संयुक्त रूपमा वृक्षरोपण गरेका थिए । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षरोपण गरिएको थियो भने बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा स्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको बताइएको छ ।
वार्षिकोत्सवको कार्यक्रममा सघंका वरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशी, उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, महासचिव लक्ष्मीप्रसाद पाण्डेय, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल लगायत संघका कार्यकारिणी, केन्द्रीय समिति, क्षेत्रीय समितिका पदाधिकारीहरूको उपस्थिति थियो ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेशागत हक, हित र संस्थाको संवद्र्धन गर्ने उद्देश्यले २०४७ साउन ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै यो दिन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ट्रेड युनियन आन्दोलनको विधिवत रूपमा शुरुवात भएको महत्वपूर्ण दिन भएको संघले स्मरण गरेको छ ।