हिमालयन बैंकद्वारा बाँकेको राप्तीसोनारीका एक सय घरधूरीलाई राहत वितरण

Apr Fri 2020 09:28:00

800 views

हिमालयन बैंकद्वारा बाँकेको राप्तीसोनारीका एक सय घरधूरीलाई राहत वितरण

हिमालयन बैंक (HBL) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।

राप्तीसोनारी गाँउपालिका अन्तर्गतका १०० घरधूरी परिवारलाई आवश्यक पर्ने चामल, दाल, नुन, तेल आदि जस्ता खाद्यान्नहरु खरिद गरि बैंकका शाखा प्रबन्धक भरत भुषालद्वारा उक्त सामाग्री गाँउपालिका अध्यक्ष लहुराम थारुको उपस्थितिमा गाँउपालिका कार्यालयलाई हस्तान्तरण गरेको हो ।

कोरोना भाईरस कोभिड—१९ को महामारीका कारण भएको बन्दाबन्दीले सो क्षेत्रका दैनिक ज्यालादारी तथा गरिब जनताहरुलाई दैनिकी चलाउन अप्ठ्यारो पर्दै गरेको कुरालाई मध्यनजर गरेर बैंकले सहयोग बितरण गरेको जनाएको छ ।

बैंकले यस अघि नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । यसका साथै बैंकले धनगढी उपमहानगरपालिकामा पनि राहत स्वरुप खाद्यान्न वितरणको लागि ५० हजार सहयोग गरेको थियो ।

बैंकले यस विषम परिस्थितिमा राहत सामाग्री वितरण गर्नुका साथै ग्राहकहरुको सुविधालाई मध्यनजर राखी विभिन्न प्रदेश तथा स्थानका आफ्ना शाखा कार्यालयहरु निश्चित समयका लागि खोली बैंकिङ्ग कारोबारलाई सुचारु राखेको छ ।