Sep Thu 2020 07:53:17
908 views
नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ९०० माथि बस्न सफल भएको छ । नेपाल पुनर्बीमाको शेयर मूल्य ६ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै ९०१मा बजार मूल्य बन्द भएको छ। नेपाल पुनर्बीमाको बजार मूल्य ९३१ सम्म पुगेको थियो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ० दशमलव १५ अंकले घटेर १५१० दशमलव ४२ को विन्दुमा कायम भएको छ । १ सय ८६ कम्पनीको ९३ लाख २ हजार ९ सय ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ्, टेड्रिङ, विकास बैंक हाईड्रोपावर र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ ।
सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको ४१ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको १३ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा ८ वटा कम्पनीको सेयर कारोबार १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने जम्मा ३१ वटा कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले बढेको छ । सकारात्मक सर्किट लाग्नेमा सबै जलविद्युत कम्पनी रहेका छन् ।
१८६ कम्पनीको ९६ लाख ८६ हजार ९ कित्ता सेयर ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैयाँको सेयर कारोबार भएको छ । पूर्ण अनलाइनबाट भएको कारोबारमा यो नै सबै भन्दा बढी हो । बुधबार बैंकिङ समुह १९.७८, विकास बैंक २६.४५, जलविद्युत ९४.४५, माइक्रोफाइनान्स १७.२८ अंकले बढेको छ । निर्जीबन बीमा भने १२५.८९ र जीवन बीमा समूहको उपसूचक ८८.६८ अंकले घटेको छ ।