ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइनबाटै एलसी बैंक ग्यारेन्टी जारी गर्ने व्यवस्था

Aug Tue 2022 03:24:45

572 views

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइनबाटै एलसी बैंक ग्यारेन्टी जारी गर्ने व्यवस्था

काठमाडौं । ग्लोबल आइएमई बैंकले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ । व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

यो सेवाको सुरुवातसँगै ग्राहकहरूले अनलाइन मार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्नेे आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरी सहुलियत अनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सकिने छ ।

यसले गर्दा ग्राहकहरू एलसी वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन् । साथै यस प्रक्रियाबाट उल्लेखित रूपमै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास बैंकले लिएको छ ।

यो प्रणाली भदौबाट लागू भएको छ । यस सम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवद्र्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सकिने छ ।

मुलुकका ७७ जिल्लामा २८९ शाखा रहेका बैंकले २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट सेवा ३० लाख भन्दा बढी ग्राहकलाई दिएको बैंकले जनाएको छ ।