पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना

Aug Wed 2022 04:37:18

556 views

पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना

काठमाडौ ।  विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाचैवटा सहकारीविच सम्झौता भएको हो । 

आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा मर्ज हुने सम्झौता गरेका हुन् । 

मर्जपछि संस्थाको कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने छ । संस्थाका अनुसार मर्जपछि बन्ने संस्थाको बचत ४ अर्ब ६३ करोड ७० लाख ८ हजार ५९७ रुपैयाँ, ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ रुपैयाँ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १९६ रुपैयाँ पुग्ने पनि संस्थाले जनाएको छ । 

सम्झौता अनुसार मर्जभएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ बन्नेछ भने अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहने सम्झौता भएको छ । 

त्यस्तै मर्जपछि सहकारी संस्थाको शेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५०० रुपैयाँ, सदस्य संख्या ३५ हजार २० जना पुग्नेछन् भने ऋणी सदस्य संख्या ६ हजार ८५८ जना पुग्ने संस्थाले जनाएको छ । त्यस्तै मर्जपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९८२ रुपैया र कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार ८९८ रुपैयाँ पुग्ने संस्थाले जनाएको छ । त्यसैगरी संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८१७ रुपैयाँ र २४.५८ प्रतिशत रहने संस्थाले जनाएको छ।