डलर कार्डमार्फत १८ वटा वस्तु तथा सेवाको भुक्तानीमा रोक

Aug Wed 2022 02:04:49

485 views

डलर कार्डमार्फत १८ वटा वस्तु तथा सेवाको भुक्तानीमा रोक

काठमाडौं, नेपाल राष्ट्र बैंकले १८ वटा वस्तु तथा सेवाको भुक्तानीमा डलर कार्ड प्रयोग गर्न रोक लगाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गरी मर्चेन्ट क्याटोगोरी कोड (एमसीसी) भित्रका उक्त वस्तु तथा सेवाको भुक्तानी डलर कार्डमार्फत गर्न नपाइने व्यवस्था गरेको हो । केन्द्रीय बैंकको निर्देशनपछि अब मनी अर्डर (वायर ट्रान्सफर), डाइरेक्ट मार्केटिङ बिमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल र अटोमेटेड क्यास डिस्बर्समेन्ट लगायतको भुक्तानीमा डलर कार्ड प्रयोग गर्न पाइने छैन । 

 साथै, धितोपत्र दलाल र डिलर्स, बि बिक्री, अन्डराइटिङ तथा प्रिमियम कारोबारको शुल्क, रियल इस्टेट एजेन्ट तथा म्यानेजर, वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, सरकारी इजाजतप्राप्त क्यासिनो तथा घोडा र कुकुर दौड, राजनीतिक र धार्मीक संगठनलाई पनि डलर कार्डबाट भुक्तानी गर्न पाइने छैन । राष्ट्र बैंकको व्यवस्था अनुसार विकास बैंक र वाणिज्य बैंकहरुले ५०० डलरसम्मको प्रिपेड डलर कार्ड जारी गर्न पाउँछन् ।