ग्लोबल आईएमई बैंक र सेलपेबीच डिजिटल सेवाका लागि सहकार्य

Jul Thu 2020 02:44:56

ग्लोबल आईएमई बैंक र सेलपेबीच डिजिटल  सेवाका लागि सहकार्य

काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे प्रालिसँग सहकार्य गरेको छ। 

सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्। 

ग्राहकले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आईएमई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन्। 

ग्राहकले सेलपे भुक्तानीसेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन्। यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टीभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, आईएमई भुक्तानी, बिमा रकम भुक्तानी, कोविड-१९ को बिमा र कम भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिनेछ।