ग्लोबल आइएमई बैंकको अफर : एक करोड कर्जा ८.९९ प्रतिशत ब्याजमा

Jul Tue 2020 08:46:02

1014 views

ग्लोबल आइएमई बैंकको अफर : एक करोड कर्जा ८.९९ प्रतिशत ब्याजमा

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) ८.९९ प्रतिशत ब्याजदरमै उपलब्ध गराउने भएको छ । साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने र लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै दिएको सो सुविधाअन्तर्गत तीन दिनमै कर्जा प्राप्त हुने कम्पनीले जनाएको छ ।

बैंकले कोभिड-१९ ले व्यवसायमा पारेको प्रभावलाई मध्यनजर गरी छिटोछरितो र सहज रुपमा सेवा दिन सो योजना ल्याएको हो । सस्तो ब्याजमा छिटो प्राप्त हुने कर्जाले साना तथा मझौला उद्यमी व्यवसायीलाई हौसला मिल्नुका साथै उत्पादनमा वृद्धिमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

global-ime-bank-newskarobar

कर्जा लिन चाहनेले आवश्यक कागजात बैंकमा पेस गरेको तीन कार्य दिनभित्र बिनाझन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ग्राहकले ग्लोबल आइएमई बैंकका सबै शाखाबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।

यो सेवाअन्तर्गत व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।