नेपाल बैंकको ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा सहितका नयाँ कर्जा योजनाहरु

Aug Mon 2020 09:36:41

1356 views

नेपाल बैंकको ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा सहितका नयाँ कर्जा योजनाहरु

नेपाल बैंक लिमिटेडले सबैभन्दा कम ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ । बैंकले पाँच बर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको हो । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ ।



यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, सम्बृद्घ ब्यबशाय कर्जा  र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ ।

लघु उद्यम कर्जा तथा सम्बृद्घ ब्यबशाय कर्जा  को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ ।

यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार÷व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त रु. २५ लाख देखी रु. ९९ लाख सम्मको लागी लघु उद्यम कर्जा र रु. १ करोड देखी रु. ३ करोड सम्मको चालु तथा स्थिर पूँजी ब्यबस्थापनका लागी सम्बृद्घ ब्यबशाय कर्जा  उपलब्ध हुनेछ । दुबै प्रकारका कर्जाहरु अन्र्तगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो । यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्ष देखी २० वर्ष सम्म कायम गरिएको छ ।

नेपाल बैंकले १८६ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ बटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याई कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका अगाडी बढिरहेको जनाएको छ ।