२४ वटा माइक्रोफाइनान्सले लाभांश घोषणा, कुनको कति ?

Jan Sun 2021 07:58:12

567 views

२४ वटा माइक्रोफाइनान्सले लाभांश घोषणा,  कुनको कति ?

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका ५२ वटा माइक्रोफाइनान्स कम्पनीमा हालसम्म २४ वटाले मात्रै लाभांश घोषणा गरेका छन् । 

लाभांश घोषणा गरेका कम्पनीको सबैभन्दा बढी ३१.५८ प्रतिशत लाभांश छ भने सबैभन्दा कम ३.६८ प्रतिशत छ । आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगदसहित ३१.५८ प्रतिशत लाभांश दिने भएको हो ।

सबैभन्दा कम सिभिल लघुवित्त वित्तीय संस्थाले ३.६८ प्रतिशत लाभांश दिने भएको छ । जसको बोनस ३.५ प्रतिशत रहेको छ ।