६ कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै

Jun Sat 2021 09:50:59

1098 views

६ कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै

शेयरबजारमा चार कम्पनीले हकप्रद निष्कासन गर्ने भएका छन् । शेयरबजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र राधी विद्युत कम्पनीले हकप्रद निष्कासन गर्न लागेका छन् ।

हाल हकप्रद निष्कासनको लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी अनुमति पाइसकेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर अनुमतिको पर्खाइमा रहेका छन् । त्यस्तै राधी विद्युत,शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स चाडै नै अनुमति माग्दै धितोपत्र बोर्ड जाने भएको छन ।

अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडले जेठ २० गते, (बिहीबार) बाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले १ बराबर ०:२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीलिमिटेड (एचआईडीसीएल) ले १:१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार अनुमति पाइसकेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियो । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।