HIDCL एचआईडिसिएलको जेष्ठ २८ गते हकप्रदका लागि बुकक्लोज

Jun Tue 2021 01:54:03

HIDCL एचआईडिसिएलको जेष्ठ २८ गते हकप्रदका लागि  बुकक्लोज

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले हकप्रदका लागि मिति २०७८ साल २८ गते शेयर दाखिला खारेजी बन्द (बुकक्लोज) गर्ने भएको छ।

मिति २०७८ साल जेष्ठ १६ गते साँझ ६:३० बजे बसेको संचालक समितिको २३४औं बैठकले बुकक्लोज मितिको लागि निर्णय गरेको हो। यस अनुसार मिति २०७८ साल जेष्ठ २७ गते सम्म कारोबार गरी कायम शेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन।

एचआईडिसिएलले १ बराबर १ कित्ता हकप्रद शेयर जारी गर्नका लागि  दिएको निवेदन धितोपत्र बोर्डले जेष्ठ ०९ गते स्वीकृत गरेको थियो।