एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारको सीआईपी सम्मानद्वारा सम्मानित

Feb Thu 2020 05:06:56

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारको सीआईपी सम्मानद्वारा सम्मानित

काठमाण्डौ । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित भएका छन् । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो ।


नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक रामचन्द्र संघइलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरी सम्मान प्रदान गरे । उनी अध्यक्ष रहेका त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभुषित गरेको हो ।