हिमालयन बैंकको अध्यक्षबाट मनोबहादुर श्रेष्ठ हटे

Feb Thu 2020 08:46:36

531 views

हिमालयन बैंकको अध्यक्षबाट मनोबहादुर श्रेष्ठ हटे

हिमालयन बैंकको २७औं वार्षिक साधारणसभाको सञ्चालक समितिबाट प्रस्तावित २२ प्रतिशत लाभांश पारित भएको छ । पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १२ प्रतिशत नगद लाभांश समेत पाउने छन् । अब हिमालयन बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ बढी हुने भएको छ । 

सम्पन्न भएको सभाले संस्थापक सेयरधनीको तर्फबाट पूर्व राजदूत तथा नेपाली काग्रेसका नेता दिपकुमार उपाध्ययका छोरा(आशिष शर्मा), मनोज बहादुर श्रेष्ठका भाई (प्रचण्डबहादुर श्रेष्ठ), पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाका छोरा(सुनिलबहादुर थापा), फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको छ ।

 बैंकमा पाकिस्तानको हबिबि बैंकको २० प्रतिशत, कर्मचारी संचयकोषको १४ प्रतिशत र शशिकान्त अग्रवालको ४.४ प्रतिशत संस्थापक शेयर रहेको छ । यसैगरी, छायाँ सेन्टरको ८.८९ प्रतिशत संस्थापक शेयर छ ।

एन टेडिड।कम्पनी प्रालि झम्सिखेलको तर्फबाट अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ सञ्चालकबाट हटेका छन् । सञ्चालकका मनोजका भाई छायाँ सेन्टरको तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ भने चयन भएका छन् ।