०७५ सालको अन्तिम शुक्रबार र शनिबार पूरै दिन बैंक खुला रहने

Feb Thu 2020 02:37:54

863 views

०७५ सालको अन्तिम शुक्रबार र शनिबार पूरै दिन बैंक खुला रहने

२८ चैत, काठमाडौं । विस २०७५ सालको अन्तिम दुई दिन राजश्व बुझ्ने सबै बैंकहरुका शाखा दिनभर खुला रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकले वर्षको अन्तिम दिन भएको र राजश्व बुझाउन सहज होस भनेर २९ गते शुक्रबार र ३० गते शनिबार साझ अबेरसम्म शाखा तथा काउण्टर खोल्न बैंकहरुलाई निर्देशन दिएको हो ।अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाले शुक्रबार र शनिबार पुरै दिन राजश्व बुझ्ने बैंकका शाखा तथा काउण्टरहरु खोल्न आग्रह गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

‘अर्थमन्त्रालयको पत्र प्राप्त भए पछि हामीले शाखा खोल्न निर्देशन दिइसकेका छौं’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले भने, ‘अब दुबै दिन राजश्व बुझ्ने एवम् राजश्व जम्मा सम्बन्धी चेक क्लियरिङ्ग गर्ने व्यवस्था दुबै दिन हुनेछन् ।’