Feb Thu 2020 03:14:27
हिमालयन बैंकको २७औं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । साधारण सभाले हिमालयन बैंककोअध्यक्षमा कर्मचारी सञ्चयकोषका तुलसी प्रसाद गौतमलाई मनोनित गरेको छ ।

सम्पन्न भएको सभाले संस्थापक सेयरधनीको तर्फबाट पूर्व राजदूत तथा नेपाली काग्रेसका नेता दिपकुमार उपाध्ययका छोराआशिष शर्मा, मनोज बहादुर श्रेष्ठका भाई प्रचण्डबहादुर श्रेष्ठ, पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको छ ।
बैंकमा पाकिस्तानको हबिबि बैंकको २० प्रतिशत, कर्मचारी संचयकोषको १४ प्रतिशत र शशिकान्त अग्रवालको ४।४ प्रतिशत संस्थापक शेयर रहेको छ । यसैगरी, छायाँ सेन्टरको ८.८९ प्रतिशत संस्थापक शेयर छ ।