सेयर बजार बुल रनमा, नेप्से १५०० माथि पुग्ने विश्लेषकहरुको दाबी

Feb Fri 2020 08:09:40

1021 views

सेयर बजार बुल रनमा, नेप्से १५०० माथि पुग्ने विश्लेषकहरुको दाबी

सेयर बजार अहिले बुल रनमा अगाडी बढिरहेको् छ । यसले शेयर बजार हरियाली र लगानीकर्ताहरुमा खुशियाली छाएको छ । सेयर बजारको पछिल्लो फाल्गुन ८ को कारोबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको उचाईमा पुग्यो, जुन ३ वर्ष यताकै सर्वाधिक हो । नेप्से परिसूचक १४३४.५४ को विन्दूमा पुगिसकेको छ ।

तर, आगामी साता यो विन्दूबाट समेत बजार अझै माथि उक्लिने र नेप्से १४५० देखि १४८० बीचमा रहने बजारका लगानीकर्ता, विश्लेषक तथा जानकार दाबी गर्छन् । बजारले १४६२ को अवरोधलाई छिचोल्दै १५०२ विन्दू चुम्नेछ, सेयर प्राविधिक विश्लेषक सूकराम पाण्डेले बताए ।

शेयर विश्लेषक विष्णु बस्याल अनुसार निकट समयमा २–३ वटा करेक्सन होला, तर मार्केटले १४५० को विन्दूलाई ब्रेक गर्छ । नेप्से १४५० विन्दू ब्रेक गर्दै सर्टटर्मका लागि १४६० र १४८० विन्दूको रेन्जमा पुग्नसक्छ । एक–डेढ महिनामा नेप्से १३१५ र १३२० का बीच आइसकेपछि मात्र अनि १८८१ को विन्दूलाई रेकर्ड ब्रेक गरेर नयाँ इतिहास रच्नसक्ने देखिन्छ ।