सुनको मुल्य हालसम्मकै उच्च, तोलाको ९४ हजार माथि पुग्ने

Feb Sat 2020 08:58:47

1021 views

सुनको मुल्य हालसम्मकै उच्च, तोलाको  ९४ हजार माथि पुग्ने


नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ ।


यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ 


सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरुले अवस्था केही सातासम्म यही रहिरहे नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार भन्दा माथि पुग्नसक्ने विश्लेषण गरिरहेका छन् । 


फागुन २ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला ७६ हजार रुपैयाँ रहेको थियो । ४ र ५ गते सुनको मूल्य ७६ हजार ५०० कायम भयो भने ६ गते ७६ हजार ७००, ७ गते ७७ हजार १००, ८ गते ७७ हजार ६०० कायम भएको थियो । 


कोरोना भाइरसको संक्रमणले आक्रान्त चीनमा कच्चा तेलको मागमा तीव्र गिरावट आएर मूल्य लगातार घटिरहँदा यसको प्रभाव सुनको भाउमा परेको हो । अन्तराष्ट्रिय बजारमै पनि सुनको भाउमा तीव्र बढोत्तरी भइरहेको छ, त्यसैको प्रभाव नेपाली बजारमा पनि परेको हो।