Feb Mon 2020 03:05:07
नागरिक लगानी कोषले दर्ता गरेको नागरिक स्टक डिलर कम्पनीको बोर्ड संरचना तयार गरी नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेमा ब्रोकर लाइसेन्स लिने प्रक्रियामा अगाडी बढेको छ ।
धितोपत्र व्यवसायी नियमावली २०६४ संसोधन गर्दै बोर्डले विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्नसक्ने व्यवस्था गरेको छ ।
यी सबै प्रक्रिया पूरा हुनुअघि कोषले स्थापना गरेको सहायक कम्पनी नागरिक स्टक डिलरको संचालक समितिको संरचना समेत तय गरिसकेको छ ।
कम्पनीमा ५ सदस्यीय बोर्ड संरचना तयार पारिएको कोष स्रोतको भनाइ छ । स्रोतका अनुसार नागरिक लगानीकोषका तर्फबाट ३ जना, नेपाल टेलिकमबाट एकजना, नेपाल पूर्वाधार विकास बैंकबाट १ जनासहित ५ जनाको बोर्ड रहनेछ ।
डिलर कम्पनीमा अध्यक्ष भने नागरिक लगानी कोषबाट नै मनोनीत हुनेछन् ।
डिलर कम्पनीले आइपीओ सर्वसाधारणसमक्ष जारी गरेपछि सर्वसाधारणका तर्फबाट समेत १ जना बोर्डमा रहने व्यवस्था हुनेछ ।