नेप्से ५०.९३ अंकले बढेर १५९६.१३ अंकमा, ४ अर्ब माथिको कारोबार

Feb Wed 2020 09:18:26

428 views

नेप्से ५०.९३ अंकले बढेर १५९६.१३ अंकमा, ४ अर्ब माथिको कारोबार

 नेप्से परिसूचक ५०.९३ अंकले बढेर १५९६.१३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३० प्रतिशतले बढेको छ

बजारमा परिसूचकसँगै ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन इतिहासकै सबैभन्दा बढी कारोबार हो ।

बजारमा जीवन बीमा समूह सबैभन्दा उच्च अंकले उकालो लागेको छ । जीवन बीमा एकैदिन ६.१२ प्रतिशतले बढेर ९ हजार ९ सय ५ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह २३३.५१ अंकले बढेर १ हजार ५ सय ६८ अंकमा पुगेको छ ।

दिनभरको बजारमा १८० कम्पनीको ९९ लाख ६ हजार ९८९ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

१३३ कम्पनीले कमाए

एभरेष्ट बैंकको कभर्जन प्रिफिरेन्स सेयरको मूल्य ६१ रुपैयाँले बढेर प्रतिकित्ता ६७१ अंकमा पुगेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य एक हजार एक सय ३० रुपैयाँले बढेर प्रतिकित्ता १२ हजार ४ सय ३१ रुपैयाँ पुगेको छ । त्यसैगरी, यूनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता २१ हजार ५ सय ९६ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, ५ कम्पनीको ९ प्रतिशतभन्दा बढीले बढेको छ । कालिका पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, सिभिल लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

गुमाउने ४७ कम्पनी मध्ये सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले ८.२९ प्रतिशत गुमाएका छन् । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७.९६ प्रतिशतले घटेको छ ।