Feb Wed 2020 09:54:28
1133 views
बामदेव गौतमलाई शक्तिशाली उपप्रधानमन्त्री सहित कार्यबाहक प्रधानमन्त्री बनाउने गोप्य राजनीतिक सहमति भएको छ । जसका लागि गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नेकपा पार्टी सचिवालय गरेको छ। प्रधानमन्त्री फागुन महिनाभित्रै उपचारका लागि अमेरिका जाँदैछन्, जसमा ‘कार्यबाहक प्रधानमन्त्री’ को जिम्मेवारी पनि बामदेव गौतमले नै पाउने गरी प्रक्रिया अगाडी बढाइसकेको स्रोत बताउँछ ।
लामो समयसम्म अमेरिकामा बस्ने प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको रुपमा गौतमले सरकार चलाउनेछन् ।
गौतमले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि उनकै नेतृत्वमा पुनः संविधान संशोधनको पहल थालिनेछ । सो क्रममा राष्ट्रियसभा सदस्यलाई समेत प्रतिनिधिसभा सदस्यको जस्तै हैसियत कायम गर्ने भन्ने व्यवस्था थप हुनेछ । यो भनेको राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्ने भनिएको हो ।