नेप्से १६३२ दशमलव १७ विन्दुमा, ४ अर्ब ४६ करोड ५३ लाखको कारोबार

Feb Thu 2020 08:01:44

283 views

नेप्से १६३२ दशमलव १७ विन्दुमा, ४ अर्ब ४६ करोड ५३ लाखको  कारोबार

नेप्से पाचौँ दिन बिहिवार १६०० विन्दुमा पुगेको छ । साताको सुरु देखि नै बुलिस ट्रेन समातेको नेप्से बिहिवार ३६ दशमलव ०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ विन्दुमा पुगेको छ भने ४ अर्ब ४६ करोड ५३ लाख बराबरको कारोवार भएर नयाँ रेडर्क कायम भएको छ । 

बिहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उसको २८ करोड ९२ लाख रुपियाँको कारोबार भयो भने दोस्रोमा एमआईसी एसिया बैंकको २० करोड ५९ लाख रुपियाँको कारोबार भयो । एभरेष्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा कमाएका छन् । यसको सेयरमा आज सर्भिट ब्रेक लागेको छ ।