वाणिज्य बैंकहरुको निक्षेप वृद्धि अति सुस्त देखिएको छ भने निक्षेप बढ्न नसक्दा कर्जा विस्तार पनि खुम्चिदै गएको छ ।
फागुन महिना लागेपछि बैंकहरुमा निक्षेप वृद्धि प्राय ठप्प छ । फागुनको पहिलो साता ३ अर्ब निक्षेप घटेकोमा दोस्रो साता ३ अर्ब निक्षेप थपिएको छ । यस्तै फागुन पहिलो एक अर्ब कर्जा घट्दा दोस्रो साता कर्जा विस्तार चार अर्बले बढेको छ । फागुन सुरु भएयता बैंकहरुको निक्षेप स्थिर रहँदा कर्जा तीन अर्बले बढेको छ ।
चालु आर्थिक वर्ष सुरु भएयता बैंकहरुले निक्षेप संकलनको तुलनामा ६७ अर्ब रुपैयाँ बढीले कर्जा विस्तार गरेका छन् । यसअवधिमा वाणिज्य बैंकहरुमा १ खर्ब ८८ अब निक्षेप थपिदा २ खर्ब ५५ अर्ब कर्जा परिचालन गरेका छन् ।