नेप्से २५०० विन्दूमा पुग्नसक्छ ? यसो भन्छन् विश्लेषक

Feb Sat 2020 05:45:22

4208 views

नेप्से २५०० विन्दूमा पुग्नसक्छ ? यसो भन्छन् विश्लेषक

नेपाली सेयर बजार साताको विहिवार १ हजार ६ सय ३२ विन्दुमा पुग्यो । एकै साता नेप्से उच्च अंकले बढेपछि परिसूचक २०७४ को साउन ३२ गतेको विन्दुमा पुगेको छ ।  सो पछि नेप्से सुचक २०७६ फागुन १५ गते सो विन्दुमा पुगेको छ । 

नेपाली सेयर बजारमा कारोबार रकमले नयाँ किर्तिमान राखेको छ । दैनिक ३ अर्बमाथिको कारोबार भएको छ । गत सातामा ११ अर्ब २० करोड ५४ लाखको सेयर खरिद विक्रि भएको थियो । यस सातामा १८ अर्ब ६२ करोडमाथि सेयर खरिद विक्री भएको छ । 

सुचक १ हजार ८५० देखि १ हजार ९५० सम्म पुग्ने सेयर विश्लेषक विष्णु बस्याल बताउँछन् । बजार केही समयको लागि करेक्सन भएर १ हजार ५२५ देखि १ हजार ५५० सम्म ओर्लिन सक्छ । 

नेप्से २५०० विन्दूमा पुग्नसक्छ

-अर्जुन तिम्सिना

२०६५ भदौ १५ गते ११७५ मा पुगेको नेप्से परिसूचक २०६७ असोज ३ गते ३९९ बिन्दुमा झर्यो । त्यसपछि  उकालो लागेकोको शेयर  बजार २०७३ साल साउन १२ गते अहिलेसम्म कै उच्च १८८१ को बिन्दु चुम्यो ।

अब इतिह्ँसलाई आधार र बिज्ञानलाई भरोसा गर्ने हो भने अहिले १२९२ को हाराहारीमा रहेको नेप्से  परिसूचक केही वर्षभित्रमा २५ सय पुग्ने आधार मैले देखिरहेको छु । यो पंक्तिकारलाई भने विज्ञान, मनोविज्ञान, इतिहास, अर्थशास्त्र र जोतिषशास्त्र समेत केलाउँदा कुनै शंका छैन ।

सन् २००८ को जनवरीमा सेंसेक्स २१२०६ बिन्दूमा पुगेको थियो । त्यसपछि उक्त परिसूचक घटेर ८०००  सम्म आयो । र, अहिले उक्त विन्दू बढेर ३९१४० भएकोले  पनि बजार एउटै लयमा मात्रै कुद्दैन भन्ने देखिन्छ । यस्तो संसारकै शेयर बजारमा हुन्छ र युरोप अमेरिकी बजारमा पनि यस्तै हुन्छ ।

२०६५ साल भदौ १५ गते बजार उच्च बिन्दुमा पुग्दा बृहस्पति ग्रह बलवान भएर लग्नमा स्थिति , र कर्मको स्वामी ग्रहबीच प्रबल सम्बन्ध थियो । यो अनुच्छेद मैले रविन्द्र भट्टराईको पुस्तकबाट लिएको हुँ । र, अहिले पनि बृहस्पति क्रमशः बलवान हुँदै गएको कुरामा ज्योतिषशास्त्रीहरु एकमत रहेका हुँदा बजारले बुलिश ट्रेन्ड लिने आधर छ ।