अर्थमन्त्रीमा डा. खतिवडा, बामदेव शक्तिशाली उपप्रमसहित कार्यबाहक प्रधानमन्त्री

Feb Sat 2020 06:23:13

638 views

अर्थमन्त्रीमा डा. खतिवडा, बामदेव शक्तिशाली उपप्रमसहित कार्यबाहक प्रधानमन्त्री

बामदेव गौतम र वहालवाला अर्थमन्त्री बीचको विषयले नेकपाभित्र ठूलो खैलाबैला ल्याइदियो । बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरी लैजाने पार्टी सचिवालयको गरेको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो चुनौती नै दिएका थिए । 

बामदेव मनोनित प्रकरणले पार्टी र सरकार नै समस्या परेपछि नेकपाभित्रका नेताहरुले एउटा मध्यमार्गी भूमिका खेलेका थिए । 

अहिले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि सिफारिस गराउन प्रधानमन्त्रीलाई राजी बनाएका स्रोत दाबी गर्छ । गौतमको नाम सिफारिस भएपछि संविधानले दिएको सुविधाको उपयोग गर्दै आगामी ६ महिनासम्म अर्थमन्त्रीको रुपमा डा। खतिवडालाई नै निरन्तरता दिने विषयमा शीर्ष नेताबीच सहमति गराउन समेत मध्यमार्गी नेताहरु सफल भएका स्रोत बताउँछ । 

सारांशमा बुझ्दा बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन सरकारमा शक्तिशाली उपप्रमसहित प्रवेश गर्नेछन् । प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि अमेरिका गएपछि उनले कार्यबाहक प्रधानमन्त्रीको रुपमा सत्ताको नेतृत्व गर्नेछन् ।