नेप्सेमा दोहोरो अंकले करेक्सन, परिसूचक ४०.८२ नेप्से अंकले घट्यो

Mar Sun 2020 07:41:49

950 views

नेप्सेमा  दोहोरो अंकले करेक्सन, परिसूचक ४०.८२ नेप्से  अंकले घट्यो

शेयर बजारमा आइतबार दोहोरो अंकको करेक्सन भयो । दोहोरो अंकले करेक्सन भए पनि बजारले तीनवटा नयाँ कीर्तिमान कायम गरेको छ  ।

आइतबार नेप्से परिसूचक ४०.८२ अंकको तल ओर्लियो र १५९१.३६ को विन्दूमा बन्द भयो ।

करेक्सनलाई जानकारहरुले ‘स्वभाविक’ भनेका छन् । यसले बजारलाई थप बलियो, भरपर्दो र स्थायी बनाउने भन्दै विश्लेषकहरुले एकदिनकै करेक्सनबाट नअत्तालिन लगानीकर्ताहरुमा आह्वान गरेका छन् ।

आइतबारको बजारमा बित्त समूहको उपसूचक ४.२५ अंकले बढे पनि बाँकी सबै समूहमा गिरावट आएको छ । 

बैंकिङ समूह २५.२४ अंकले घटेको यो दिन व्यापार समूहमा २२.९२ अंक, होटल समूहमा ६४.५ अंक, विकास बैंक समूहमा ३८.३५ अंक, जलविद्युत समूहमा २२.२१ अंक, निर्जीवन बिमा समूहमा ३२२.३७ अंक, जीवन बिमा समूहमा ४७४.६१ अंक, माइक्रोफाइनान्स समूहमा ९०.२७ अंक, उत्पादन तथा प्रशोधन समूहमा १६९.१२ अंक, अन्य समूहमा १६.२३ अंक र म्युचुअल फण्ड समूहमा ०.२ अंकको करेक्सन भएको छ ।