सेयर बजारको कारोबार अवधि एकघण्टा बढ्दैछ

Mar Sun 2020 07:50:58

818 views

सेयर बजारको कारोबार अवधि एकघण्टा बढ्दैछ

दोश्रो बजारको सेयर कारोबार समयअवधि एकघण्टा थपिने भएको छ । 

धितोपत्र बोर्डले कारोबार अवधि एकघण्टा थप्ने सबै तयारी पूरा गरिसकेको र निकट भविष्यमै यो सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने जनाएको छ । 

थप समयअनुसार अब बिहान १०ः३० बजेदेखि बजार खुल्नेछ र दिउँसो ३ः३० बजे बजार बन्द हुनेछ । 

हाल दोश्रो बजारमा सेयर कारोबार अवधि प्रत्येक आइतबारदेखि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ ।