नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हाल ५० वटामा सीमित सेयर ब्रोकरको संख्या बढाएर १०० पुर्याउने तयारी थालेको छ।दोश्रो बजारको विकास र बिस्तारका लागि नेप्सेले हाल कायम ५० ब्रोकरहरुमा अन्य ५० ब्रोकर कम्पनीलाई थप लाइसेन्स दिने गरी तयारीलाई अगाडि बढाएको हो ।