शेयर बजारमा एकैपटक यसरी पहिरो : झण्डै १०० अंक घटेर सर्किट लागेर कारोबार बन्द

Mar Mon 2020 04:19:31

798 views

शेयर बजारमा एकैपटक यसरी पहिरो : झण्डै १०० अंक घटेर सर्किट लागेर कारोबार बन्द

शेयर बजारमा साताको दोस्रो दिन सर्किट लागेर दिनभरका लागि कारोबार बन्द भएको छ । अर्थमन्त्रीको अन्योल, कोरोना भारसको आतंक, बजारमा अघिल्ला दिनहरुमा शेयर मूल्य धेरै बढेकाले नाफा सुरक्षित गर्ने प्रबृत्ति लगायतको प्रभाव परेको आँकलन गर्न सकिन्छ ।

समग्र बजार ६.०४ प्रतिशत अर्थात ९६.६ अंकले घटेपछि नेप्सेको नियम अनुसार बजार  बन्द भएको हो ।

सबै कम्पनीहरुको शेयर मूल्यमा ठूलो गिरावट आएपछि नेप्सेको कारोबार बिबरण देखिने ठाउँ रातै भएर यस अघि १२ बजेर ५० मिनेटमा बजार पाँच प्रतिशतले घटेपछि ४० मिनेटका लागि बन्द गरिएको थियो । त्यसपछि पनि बजार घट्ने क्रम तीब्र भएर केही बेरमै ६ प्रतिशत बढीले बजार घटेपछि कारोबार बन्द भएको हो । राम्रा र ठूला बाणिज्य बैंकहरुको शेयर मूल्यमा गिरावट आएपछि सूचकमा पहिरो गएको देखिएको छ ।