३ बर्षपछि नेप्सेमा उल्टो सर्किट, ठूला लगानीकर्ता नाफा कमाएर उम्किए साना र नयाँ शेयरधनी यसरी फसे

Mar Mon 2020 04:31:14

1258 views

३ बर्षपछि नेप्सेमा उल्टो सर्किट, ठूला लगानीकर्ता नाफा कमाएर उम्किए  साना र नयाँ शेयरधनी यसरी फसे

रामराजा श्रेष्ठ

शेयर जारमा ठूला लगानीकर्ताले आफूसँग भएको सेयर बिक्री गरेर बजारबाट एक्जिट भएका छन् ।  बुलिस ट्रेन्ड समातेको सेयर बजारमा ठूला लगानीकर्ताले अबसरको रुपमा उपयोग गरेका छन् भने साना र नवप्रवेसी लगानीकर्ता भने फस्न पुगेका छन् ।

 गत हप्ता दैनिक ७० अंकसम्म बढेको बजारमा सिमित ठूला लगानीकर्ताले दैनिक रुपमा ५ देखि २० करोड रुपैयाँसम्मको सेयर बिक्री गरेका थिए भने सोही अनुपातमा साना र नयाँ लगानीकर्ताहरु प्रवेश भएका थिए । कुनै आधारविना केही लगानीकर्ताले सामाजिक संजालनमा गरेको हल्लाको भरमा पछि लाग्दा साना तथा नवप्रवेसी लगानीकर्ता मर्कामा परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । 

 ठूला लगानीकर्ताले आफूसँग भएको सेयर ठूलो मात्रामा विक्री गर्दै नाफा बुक गरेर बाहिर निस्किएका कारण यो हप्ता बजारमा पहिरो गएको लगानीकर्ताले जानकारी दिए । सोही अनुरुप लामो समयपछि नेप्से परिसुचकका उल्टो सर्किट हान्न पुगेको छ । करिव ३ बर्ष पछि नेप्से परिसुचकमा ५ प्रतिशतले गिरावट आउँदै उल्टो सर्किट हान्न पुगेको छ । 

सन् २०१७ को अर्पिल ३ मा उल्टो सर्किट हानेको नेप्से परिसुचकले करिव ३ बर्ष पछि ५ प्रतिशतले घटेर सोही अनुरुप उल्टो सर्किट हानेको हो । उल्टो सर्किट हानेको बजारमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ५४९ अंकले ओरालो लागेको छ भने निर्जीवन बीमा समुहको परिसुचकमा ४७० अंकको गिरावट आएको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ७६ दशमलव ७२ अंकले गिरावट आएको छ । सोमबार ५ प्रतिशते घटेर उल्टो सर्किट हान्दा बजारमा १ अर्ब ९८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने अधिकांश कम्पनीमा बिक्री चाप देखिएको छ ।

बजारमा अल्पकालिन लगानीकर्ताको प्रवेश भएको र सोही मौका छोपी ठूला लगानीकर्ताहरु सेयर बिक्री गरेर एक्जिट हुँदा बिक्री चाप बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । लामो समय घटेको बजारबाट ठुला लगानीकर्ता नाफा बुक गरेर एक्जिट भएका कारण बजार अझै ओरालो लाग्ने विश्लेषकहरु बताउँछन ।