डलरको भाउ बढेर ११६ रुपैयाँ ६६ पैसा पुग्यो

Mar Tue 2020 04:11:52

डलरको भाउ बढेर ११६ रुपैयाँ ६६ पैसा पुग्यो

अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ। तीन दिनमा एक रुपैयाँ ८८ पैसाले डलरको भाउ उक्लिएको छ। 

सोमबारको तुलनामा मंगलबार डलर ८६ पैसाले उक्लिएको थियो। अघिल्लो दिन १ रुपैयाँले उक्लिएको थियो।

लामो समयदेखि ११४ रुपैयाँ रहेको डलरको भाउ गत मंगलबार ११५ रुपैयाँ ४९ पैसा पुगेको थियो। त्यसपछि घटेर शुक्रबार ११४ रुपैयाँ ७९ पैसामा बसेको थियो। मंगलबारका लागि डलरको भाउ ११६ रुपैयाँ ६६ पैसा पुगेको छ।