शेयर बजार राताम्मे ६८.४७ अंकको गिरावट, नेप्से १ हजार ४ सय ४१ दशमलव २० विन्दुमा

Mar Wed 2020 07:27:29

908 views

शेयर बजार राताम्मे  ६८.४७ अंकको गिरावट, नेप्से १ हजार ४ सय ४१ दशमलव २० विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको चौधो दिन आज बुधवार राताम्मे भएको छ । साताको तेश्रो दिन मंगलबार झिनो अंकले बढेको शेयर बजार साताको चौथो दिन सोमवार भारी गिरावट आएको हो । 

नेप्से ६८.४७ अंकले घटेर १ हजार ४ सय ४१ दशमलव २० विन्दुमा कायम भएको छ भने २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ बराबरको कारोबार भएको छ ।  

समूहको सुचक चार दशमलव ५४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा र लघुवित्त समूहका सुचकहरु छ प्रतिशतभन्दा बढिले घटेका छन् । जीवन बीमा समूहको सुचकको गिरावट पनि पाँच प्रतिशतभन्दा बढि रहेको छ ।