बैंकिङ क्षेत्रमा कोरोनाको यस्तो प्रभाव नेपालमा

Mar Thu 2020 06:42:06

1025 views

बैंकिङ क्षेत्रमा कोरोनाको यस्तो प्रभाव नेपालमा

विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण अन्तर्राष्ट्रिय अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । देशहरुबीचको व्यापार नै ठप्प भएको छ । नेपालमा यसको प्रभाव झन् परेको छ । नेपालमा भिजिट नेपाल २०२० नै स्थगित भएको छ । चीनसँगका व्यापारिक नाकाहरु बन्द छन् ।  नेपालको बैंकिङ क्षेत्र पनि यस महामारीको असर परेको छ ।

विदेशी लगानीका क्षेत्रहरु पनि घटिरहेका छन् । विदेशी आयातमा निर्भर भएका व्यवसायहरु बन्द हुने अवस्थामा पुगेका छन् । जसले आर्थिक कारोबार घट्न गई बैंकिङ क्षेत्र प्रभावित बन्दैछ ।रेमिट्यान्स आप्रवाहमा यसको झन् ठूलो प्रभाव देखिनेछ ।

वैदेशिक रोजगारीमा नेपालीहरु गएका प्रायः मुलुकमा कोरोना संक्रमणका कारण ठूला ठूला कम्पनीहरु नै बन्द गर्नुपर्ने अवस्था आएका कारण नेपालीहरुको रोजगारीमा असर पर्न गई आम्दानी बन्द हुने र नतिजास्वरुप रेमिट्यान्स आप्रवाहमा कमी आउने देखिन्छ । रेमिट्यान्सले नै धानेको नेपालको अर्थतन्त्रमा यसको ठूलो असर पर्ने देखिन्छ ।

 नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गर्ने घोषणा गरिसकेको छ ।