ढुक्क रहनुहोस् ! बजार पुरानै लयमा फर्कदै, करेक्सनपछि थप बलियो हुने

Mar Thu 2020 04:23:29

1829 views

ढुक्क रहनुहोस् !  बजार पुरानै लयमा फर्कदै,  करेक्सनपछि थप बलियो हुने

नेप्से साताको अन्तिम दिन विहिबार ५ दशमलव ५० अंकले घटेर १४३५ दशमलव ७० को विन्दुमा बन्द भएको छ ।

कारोबार भने २ अर्ब ४५ करोड भएको छ । नेप्से परिसूचक घट्दा कारोवार रकमपनि घट्नुलाई बजारमा ब्यालेन्सतर्फ गइरहेको विश्लेषण गर्न सकिन्छ ।


बजारले ११ बजेर ११ मिनेटमा १४०८ दशमलव ४४ को न्यून विन्दु समातेको थियो भने बजारले १ बजेर ३८ मिनेटमा १४६४ दशमलव ६३ को उच्च विन्दु समातेको थियो ।

ग्राफको प्रवित्तमा सुधार आउनु र बजार घट्दा कारोवार रकम कम हुनुलाई बजारले  आफ्नै गति समात्न खोजेको शेयर बजारका प्राविधिक विश्लेषकले बताएका छन् । 

प्राविधिक बिश्लेषण :

 पहिलो प्रतिरोध : १४४८ पहिलो टेवा : १४२०

  • यो साता शेयर बजार घट्दो प्रवृत्तिमा रहेको छ। मुख्य प्रतिरोध क्षेत्रदेखि सच्चिंदै आएर बजार हाल १३५० देखि १४०० को मुख्य टेवा क्षेत्र नजिक रहेको देखिन्छ।
  • आजको मैनबत्तीले “स्पिनिङ्ग टप” चित्र बनाएको छ। यसले बजारमा आपूर्ती र माग लगभग बराबर अवस्थामा रहेको जानकारी गराउँदछ।
  • दैनिकी अवधिमा “आरएसआई” ५० दशमलब ८० को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा विक्रीकर्ताकोे चाप रहेको जानकारी गराएको छ।
  • “एडिएक्स” तथा जोड ÷ बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हालसम्म विक्रेताको चाप रहेको जानकारी गरेको छ।
  • “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्तिले बजारमा मागभन्दा आपूर्ती बढ्न सक्ने जानकारी गराएको छ। नेप्से बढेमा पहिलो प्रतिरोध १४४८ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४२० को क्षेत्रमा पाउने देखिन्छ।

(नेप्से) परिसूचक साताको चौधो दिन आज बुधवार राताम्मे भएको छ । साताको तेश्रो दिन मंगलबार झिनो अंकले बढेको शेयर बजार साताको चौथो दिन सोमवार भारी गिरावट आएको हो । 

नेप्से ६८.४७ अंकले घटेर १ हजार ४ सय ४१ दशमलव २० विन्दुमा कायम भएको छ भने २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ बराबरको कारोबार भएको छ ।  

समूहको सुचक चार दशमलव ५४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा र लघुवित्त समूहका सुचकहरु छ प्रतिशतभन्दा बढिले घटेका छन् । जीवन बीमा समूहको सुचकको गिरावट पनि पाँच प्रतिशतभन्दा बढि रहेको छ ।