सुन अहिलेसम्मकै महंगो, प्रतितोला ८२ हजार ५ सय रुपैयाँ पुग्यो

Mar Fri 2020 07:12:43

732 views

सुन अहिलेसम्मकै महंगो, प्रतितोला ८२ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाडौं- शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैयाँ पुगेको हो। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो।

एकैदिन तोलाकै २२ सय रुपैयाँ बढ्याे

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेको हो । यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।