बिग मर्जर: हिमालयनसँग एनआइबीको संभावना यसरी नजिक बन्दैछ

Mar Fri 2020 07:47:58

3083 views

बिग मर्जर: हिमालयनसँग एनआइबीको संभावना  यसरी नजिक बन्दैछ

नेपाल इन्भेष्टमेन्ट बैंक(एनआइबी) को चुक्तापूँजी हाल १२ अर्बको हाराहारीमा छ ।

पछिल्लो समयमा बैंकको खराब कर्जाले बैंकको नाफलाई घटाएको छ । खराब कर्जाको कारण प्रोभिजनमा धेरै रकम राख्नुपरेको अबस्था छ तर बैंकले फेरि पनि उत्कृष्ट बन्ने रणनीतिलाई प्राथमिकता दिएर काम अगाडि बढाएको छ ।

बैंकका सीइओ ज्योतिप्रकाश पाण्डेले वाणिज्य बैंकको संख्या धेरै भएकोले मर्जर  ‘निर्विकल्प’ रहेको भन्दै नेपाल इन्भेष्टमेन्ट बैंक राम्रो बैंकसँग मर्जरमा जान खोजिरहेको बताएका छन् ।

पाण्डेका अनुसार मर्जरसँगै बैंकलाई ठूलो तथा स्मार्ट बनाउने र व्यवसाय बिस्तार गरी फेरि पनि सबैभन्दा राम्रो रिटर्न दिने बैंकको रुपमा पुनरस्थापित गर्ने योजना रहेको छ

इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकमा विदेशी रणनीतिक साझेदारको रुपमा हबिबको सेयर किनेर भित्रिन लागेको सीडीसीको धारणा तथा उसलाई भित्र्याउने विषयमा निकट भविष्यमै हुनसक्ने निर्णयलाई कुरेर बसेको कुरा खुल्न आएको छ ।

हिमालयन बैंकको निवर्तमान अध्यक्ष मनोजबहादुर श्रेष्ठकै पालामा मर्जरको धेरै अगाडि बढिसकेको थियो तर प्रक्रिया अगाडी बढ्न सकेको थिएन। अहिले हिमालयन बैंकमा नयाँ बोर्ड निर्वाचित आइसकेको अवस्थामा मर्जरको संभावना थप प्रवल बनेको दुवै बैंकस्थित स्रोतहरु बताउँछन् । 

सीडीसीको विषयमा कुनै ठोस निर्णय गर्न हिमालयन बैंकले २२ मार्चमा बोर्ड बैठक बोलाएको छ । 

यदि सीडीसी सकारात्मक भयो भने हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुन्छ ।  स्रोतले बताएको छ।