पुर्नबीमा कम्पनीको आइपिओ आउदै, न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन पाइने

Mar Sat 2020 03:39:10

पुर्नबीमा कम्पनीको आइपिओ आउदै, न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन पाइने

पुर्नबीमा कम्पनीले लाभांश वितरण गर्न पाउने

नेपाल पुर्नबीमा कम्पनी लिमिटेडले  आगामी आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्न पाउने भएको छ । कम्पनीका कर्मचारीले नाफाबाट बोनस पाइरहे पनि संस्थापक सेयरधनीले पाएका थिएनन । प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेपछि कम्पनीले लाभांश वितरण गर्न पाउने भएको हो । 

नेपालमा पुर्नबीमा व्यवसाय गर्न स्थापना भएको कम्पनीमा सरकारको ४४, बिमा कम्पनीहरुको ३९.९३ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।  आईपीओ निष्कासपछि नेपाल पुर्नबीमाको पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ । हाल ८ अर्ब ४० करोड रुपैयाँ पुँजी छ । 

कम्पनीले चैत ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको १६ प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता निष्कासन गर्न लागेको हो । 

 न्युनतम १० देखि  १० हजार कित्तासम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । कम्पनीले नेपाल इक्रा लिमिटेडबाट आईपीओ ग्रेड २ प्रमाणपत्र पाएको छ । 
पुर्नबीमाले निष्कासन गर्ने आईपीओको ६० करोड नागरिक लगानी कोष र मेगा क्यापिटल मार्केट्स लिमिटेडले २० करोड रुपैयाँ प्रत्याभूति (अण्डरराइटिङ) गर्ने छन ।