भारतको चौथो ठूलो निजी बैंक यसरी टाट पल्टियो ? ४०० को सेयर घटेर १८ भारू, पैसा निकाल्नेहरुको लाइन

Mar Fri 2020 06:53:05

1043 views

भारतको चौथो ठूलो निजी बैंक यसरी टाट पल्टियो ? ४०० को सेयर घटेर १८ भारू, पैसा निकाल्नेहरुको लाइन

- एजेन्सी 

भारतको चौथो ठूलो निजी बैंक ‘यस बैंक’ अहिले डुब्ने अवस्थामा पुगेको छ ।

बैंकले अहिले खराब समयको सामना गरिरहनु परेको छ । हालत यस्तो खराब छ की बैंकलाई जोगाउँन महिनौ दिनदेखि कोशीस चलिरहेको छ ।

बैंकको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । आजको दिनमा बैंकको सेयर ५० प्रतिशतभन्दा पनि कममा कारोबार भइरहेको छ । भारत सरकार स्वामित्वको स्टेट बैंक अफ इण्डिया (एसबीआई) अहिले ‘यस बैंक’लाई जोगाउन अगाडी बढेको छ ।

‘यस बैंक’  सन् २००४ मा राणा कपुरले आफ्नो आफन्त अशोक कपुरसँगको सहकार्यमा बैंकको शुरुवात गरेका थिए । सन २००११ को मुंबई हमलामा अशोक कपुरको निधन भयो ।

सन् २०११ मा अशोकको निधनपछि कपुर परिवारमा कलह शुरु भएको हो । अशोककी श्रीमती मधु छोरी सगुनलाई बैंकको बोर्डमा राख्न चाहन्थिन् । यो बिषयमा बिबाद भएपछि मुद्दा मुम्बई अदालतसम्म पुग्यो । तर, फैसला भने राणा कपुर पक्षको भयो । त्यसपछि केहि सयमका लागि यो युद्धमा बिराम लाग्यो र रणवीर गिललाई बैंकको प्रवन्ध निर्देशकमा नियुक्त गरियो । यहि समयमा कर्पोरेट गभर्नेन्सको सम्झौता सार्वजनिक भएपछि बैंक कर्जाको भुमरीमा आइपुग्यो । विस्तारै विस्तारै समय परिवर्तन हुदै गयो र बैंकका संस्थापकहरुले आफ्नो हिस्सा बिक्री गर्न शुरु गरे । 

यस बैंकको खुद्रा भन्दा पनि बढी कर्पोरेट ग्राहक छन् । यस बैंकले जुन कम्पनीहरुलाई कर्जा दिएको छ । ती कर्पोरेट हाउस अधिकांश नोक्सानमा छन् । त्यस्ता कम्पनीहरु टाट पल्टिने अवस्थामा पनि छन् । जसले गर्दा कर्जा फिर्ता पाउने सम्भावना न्यून देखिन्छ । कर्जा उपलब्ध गराएका कम्पनी नै डुब्न थालेपछि स्वाभाविक रुपमा बैंकको अवस्था पनि नाजुक हुन लाग्यो । 


आरबीआईले यस बैंकलाई १ करोड भारु जरिवानको कारबाही गरेका थियो । बैंकले म्यासेजिङ स्विफ्ट सफ्टवयरको नियमको पालना नगरको आरोपमा कारबाही गरेको थियो । यो सफ्टवयरको प्रयोग बैंकले लेनदेनका लागि गर्छ । 

रेटिंग घट्यो  

यसपछि क्यूआइबीको माध्यमबाट रकम जुटाउने लक्ष्यमा बैंक पुग्न सकेन । अगस्त २०१९ मा मुडिजले यस बैंकको रेटिंग घटाइदियो जसले गर्दा अधिकतम रेटिंग एजेन्सिहरु आश्वस्त हुन सकेनन् । रेटिंग घटेपछि बैंकको हालत झन् खराब हुन थाल्यो । 

सेम्टेम्बर २०१८ मा यस बैंकको मार्केट क्याप ८ खर्ब भारतीय रुपैयाँ बराबार थियो । अहिल यसमा ९० प्रतिशतभन्दा पनि बढी कमी आएको छ । अगष्ट २०१८ मा बैंकको सेयर मूल्य करिब ४०० भारतीय रुपैयाँ थियो । तर, अहिले १८ रुपैयाँको आसपास मुल्यांकन भइरहेको छ । अहिले बैंकको सेयर ५० प्रतिशत भन्दा पनि कममा कारोबार भइरहेको छ । 

यस भारतको चौथो ठुलो निजी बैंकको सञ्जाल पुरै देशभरी छ । यसको केन्द्रिय कार्यालय मुम्बईमा छ । बैंकको सञ्जाल पनि धेरै नै ठूलो छ । भारतभर बैंकको १ हजार भन्दा बढी शाखा कार्यालय तथा १ हजार ८०० भन्दा बढी एटिएम सञ्चालनमा छन् । यस बैंकले महिला स्पेशल ब्रान्च पनि सञ्चालनमा ल्याएको छ । 

भारतको वित्त मन्त्रालयले बिहिबार ५ मार्च २०२० देखि ३ अप्रिलसम्म बैंकको निक्षेपकर्ताहरुलाई प्रतिबन्ध लगाएको छ । बैंकबाट निक्षेप निकाल्ने मापदण्ड सहित बैंकको धेरै कारोबारमा प्रतिबन्ध लगाएको छ । यो पुरै अवधिभर बैंकका खातावालहरुले ५० हजार रुपैयाँभन्दा बढी बैंकबाट निकाल्न नपाउने भएका छन् ।

यो सुचना रिजर्भ बैंकको आवदेनबाट नै जारी गरिएको हो । त्यस्तै खातावालको बैंकमा एक भन्दा बढी खाता भएपनि सबै मिलाएर ५० हजार भारुसम्म मात्र निक्षेप निकाल्न पाइनेछ । सुचना अनुसार यदि कुनै खातावालले बैंकबाट कर्जा लिएको छ या बैंकलाइ भुक्तानी गर्नुपर्ने भएमा सो रकम घटाएर मात्र निक्षेपबाट रकम निकाल्न पाइने छ । 

https://www.capitalnepal.com/