कृषि विकास बैंक र फोन पे बीच सम्झौता, विद्युतिय माध्यमवाट भुक्तानीमा ग्राहकहरुले छुट सुविधा समेत पाउने

Mar Fri 2020 07:20:03

915 views

कृषि विकास बैंक र फोन पे बीच सम्झौता, विद्युतिय माध्यमवाट भुक्तानीमा ग्राहकहरुले छुट सुविधा समेत पाउने

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लि. बिच सम्झौता भएको छ । सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ ।

यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् ।

 विद्युतिय माध्यमवाट भुक्तानी गर्दा बैंक सँग खाता भएका ग्राहकहरुले निश्चित छुट सुविधा समेत पाउने छन् ।

बैंक र फोन पे विच सम्झौताले विद्यूतिय माध्यमवाट भुक्तानी गर्ने सरकारको कार्यक्रममा थप योगदान पुग्ने देखिन्छ ।

सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट गु्रपका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले हस्ताक्षर गर्नु भयो ।