कस्तो हुनुपर्दछ बैंकका कर्मचारी ! बैंक तथा कर्मचारीले सामाजिक उत्तरदायित्वलाई विशेष ख्याल पुर्याउनुपर्ने हुन्छ

Mar Fri 2020 09:09:41

1225 views

कस्तो हुनुपर्दछ बैंकका कर्मचारी ! बैंक तथा कर्मचारीले सामाजिक उत्तरदायित्वलाई विशेष ख्याल पुर्याउनुपर्ने हुन्छ

बैंक भनेको सेवामुलक व्यवसायिक संस्था हो, यसमा काम गर्ने कर्मचारीहरु स्मार्ट हुन जरुरी छ तर अहिले बैंकिङ क्षेत्रमा काम गर्ने अधिकांश कर्मचारीहरु जागिरे प्रवृत्ति र लोभ लालचका भोगी देखिन्छन् । 

यसकारण बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ भने बैंकका कर्मचारीहरु स्मार्ट बन्न आवश्यक छ ।  बैंकका कर्मचारीले कम्तिमा राष्ट्र बैंकका नीतिहरु, अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासहरु तथा बैंक, बीमा र सेयरबजार को बारे यथेष्ट जानकारी लिनुपर्ने हुन्छ ।

अहिले बैंकमा जबरजस्त विज्ञापनका भरमा ग्राहक तान्ने प्रतिस्पर्धा छ । जहाँ  ग्राहकको ईच्छा र भावना वीपरितका योजनाहरु बाँडिन्छन् । बैंकमा व्यवस्थापन टिमले बनाएको एकपक्षीय योजनाले  तल्लो तहका कर्मचारीलाई जबरजस्तको नीति अख्तियार गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर जवरजस्त सेवामुखी अफर ग्राहकले लिनुपर्ने अबस्था छ । जुन ग्राहकको सेवा लिने सवालमा काउन्टर लेभलमा काम गर्ने कर्मचारीको व्यबहारसँग मेल नै खाँदैन । यसकारण बैकको व्यवस्थापन तहले अपरेसन लेभलमा काम गर्ने कर्मचारी र ग्राहकको मनोभावना अनुसार सोच्नु जरुरी छ । 

बैंककाअधिकाँस कर्मचारी सहयोगि छैनन् । उनीहरु जागीरे प्रबृतिका छन्, केही कुरा सोध्दा झर्कने, नलेज कम भएका तथा राष्ट्र बैंकले कुन नीति किन जारी गरेको भन्ने बारे बुझाउन नसक्ने अबस्थाका छन् । 

बैंकको कर्मचारीहरु इमान्दार हुनु अति नै आवश्यक हुन्छ तर बैंकका कर्मचारीमा लोभ, लालच प्रबृति हाबी देखिदै आएको अबस्था छ । अप्रत्यक्ष कमिशनको चक्कर बैंकको कर्मचारीमा देखिन्छ । अझ सरकारी बैंकका कर्मचारीमा त यो प्रबृति झन् पनि बढी छ । धितो मुल्याङन तथा प्रशाशनीक खर्चमै कमीशन चल्ने गरेको आरोप सेवाग्राहीको छ ।  यसको उदाहरण केही बैंकका शाखा प्रमुखहरु बैंकिङ कसुरमा परेका समाचारहरु सार्वजनिक भएबाट स्पष्ट हुन सकिन्छ ।

बैंकमा राम्रो काम गर्ने कर्मचारीको मूल्यांकन छैन । भनसुन, चाकरी र शक्तिको भरमा जागिरे खाने र पद हत्याउने खेल बैंकभित्रको ठूलो रोग हो । त्यसैले अधिकाँस कर्मचारीहरु मेहनत, लगनशील र धैर्यता भन्दा चाकरीवाद प्रबृतिमा लागेका छन् । भनसुन मिल्यो भने बैंक छोडेर अर्को बैंकसम्म जाने वा काम थोरै गरेरै जागिर खाने सोचले बैंकका कर्मचारीहरु ग्रसित छन् । यसले गर्दा बित्तिय क्षेत्रमा राम्रो काम गर्ने कर्मचारीहरुको मनेबल गिरिरहेको छ भने उनीहरुले सही अवसर नपाउँदा संस्था नै खोक्रो र सेवाग्राहीको विश्वास घट्दै गइरहेको छ ।